यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

यस्तो छ शुक्रबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिममा विकास भएको न्यून चापीय प्रणलीकाे प्रभावका कारण देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १ र अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन्। यस बाहेकका भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। ‘देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ’, महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

 राति पनि प्रदेश १ सहित पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ। प्रदेश नम्बर १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।