शुक्रबारकाे मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पुर्वानुमान गरेकाे छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भूभागका केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती लुम्बिनी र सुदुरपक्षिम प्रदेशलगायत देशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदुरपक्षिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement