काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारको माैसम पूर्वानुमान गरेकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । राति पनि देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन्।
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, बागमाती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा हुने सम्भावना रहेको छ ।
पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ।




प्रतिक्रिया