काठमाडौँ – शुक्रबार देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शुक्रबार राति देशभर पूर्णतया बदली रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।
प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया