काठमाण्डु – लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाले उपसभामुख पाउने भएको छ । उपसभामुख चयनका लागि आजको संसद बैठकमार्फत सभामुख अग्नि सापकोटाले निर्वाचनको मिति ताेकेका हुन् ।
उनले असार ३१ गते निर्वाचन गर्ने गरि निर्वाचनको कार्यतालिका प्रकाशन गर्न प्रतिनिधि सभाका सचिव गोपनाथ योगीलाई निर्देशन दिए । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।
उनको राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन । अहिले सभामुख माओवादीबाट भएका कारण उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछ ।




प्रतिक्रिया