काठमाण्डु- एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले शुक्रबार सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ।
सिंगापुर नेसनल स्टेडियममा हुने खेल शुक्रबार साँझ नेपाली समयअनुसार सवा ५ बजे हुने छ।
नेपाल र सिंगापुर सन् १९८९ पछि आमनेसामने हुन लागेका हुन्। यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन्।
यसअघिको चार खेलमा नेपाल जितविहीन छ। सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो।
सिंगापुर फिफा वरीयतामा १६०औं स्थानमा छ भने नेपाल त्यसको १५ स्थान तल रहेको छ।




प्रतिक्रिया