प्रधानसेनापतिद्वारा उपरथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा उपरथी थापालाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका भोला नाथ थापालाई दर्ज्यानी चिन्ह प्रदान गरका छन् ।

बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

थापा भाद्र ९ गते उपरथीमा पदोन्नति भएका थिए । थापालाई निरीक्षण अधिकृतको समेत जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अन्य अधिकृत तथा पदोन्नति भएका रथीहरुको परिवारजनको उपस्थिती थियो।