आज भर्चुअलबाट फुल कोर्ट बैठक बस्दै,संवैधानिक इजलास पुर्नगठनको एजेण्डामा छलफल नहुने

आज भर्चुअलबाट फुल कोर्ट बैठक बस्दै,संवैधानिक इजलास पुर्नगठनको एजेण्डामा छलफल नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वाेच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) आज बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आह्वानमा आज बिहान फुल कोर्ट बैठक बस्न लागेको हो । भर्चुअलबाट हुने बैठकमा सर्वोच्च अदालतका सवै न्यायाधीश सहभागी हुनेछन् । फुल कोर्ट बैठक प्रशासनिक र व्यवस्थापकीय निर्णय गर्नको लागी बोलाईने गर्दछ ।

यस अघि जेठ १३ गते सर्वोच्च अदालतको फुल कोर्ट बैठक बसेको थियो। त्यतिबेला नै आज बैठक बोलाउने तय भएको हो । यसअघिको बैठकले कोरोना भाइरस महामारीको कारण अत्यावश्यकबाहेकका कामकार्वाही जेठ २१ सम्मका लागी रोकिएको थियो ।

आजको बैठकमा नयां निषेधाज्ञाको अवस्थामा सेवा प्रवाहलाई केही खुकुलो बनाउनेबारेमा छलफल हुनेछ । त्यसैगरी संवैधानिक इजलास पुनर्गठनका लागि नियमावली संशोधनबारे पनि छलफल हुने सम्भावना रहेको बताइएको छ । तर, त्यो एजेण्डा भने आजको बैठकमा अहिलेसम्म समावेश गरिएको छैन ।

प्रधान्यायाधीश राणा संवैधानिक इजलास गठन गरेपछि मात्र नियमावली संशोधन गर्ने पक्षमा छन् । सर्वोच्च बारसंगको छलफलमा संवैधानिक इजलास गठन गर्न सहमत भएको र त्यसको लागी नियमावली संशोधन गर्ने सहमती भएको बाहिर आएपनि राणा भने पहिला वेन्च गठन गर्ने र त्यसपछि मात्र नियमावली संशोधनको प्रक्रिया अघि बढाउने लाइनमा रहेको बुझिएको छ ।