जी सेभेन सम्मेलन : एंटी चाइना सम्मेलनमा परिणत भएको चीनको आरोप 


एजेन्सीजीसेभेन सम्मेलनलाई लिएर चीन र पश्चिमा मुलुकबीच आरोप प्रत्यारोप जारी छ । जापानको हिरोसिमामा सम्पन्न जी सेभेन बैठकमा चीन र रुसविरुद्ध छलफल भएपछि चीन रुष्ट बनेको हो ।

चिनियां संचारमाध्यमहरुले यसलाई जी सेभेन सात औद्योगिक शक्तिहरुको समुह भनिएपनि पछिल्लो समय कमजोर उत्पादनहरुको ठुलो उत्पादनमा विशेषज्ञता भएको सानो कार्यशालामा सिमित भएको आरोप लगाएका छन् । यो चीनविरोधी सम्मेलनमा परिणत भएको उनिहरुको आरोप छ ।

अमेरिकासहित विश्वका सात शक्तिशाली राष्ट्रको समूहलाई जी ७ भनिन्छ । यो समुहमा रुस समेत भएपनि २०१४ मा उसलाई यसबाट निकालिएको थियो । उनिहरुले जारी गरेको संयुक्त वक्तव्यको अहिले चीनले कडा शव्दमा विरोध गरिरहेको छ । जी सेभेनमा अमेरिकासहित क्यानडा,फ्रान्स, जर्मनी,इटली, जापान र बेलायत सदस्य छन् ।

उनिहरुमध्ये अधिकांश अमेरिकाका समर्थक मुलुकका रुपमा चिनिन्छन् । उक्त बैठकमा चीन र रसियाको बढ्दो प्रभावका बारेमा छलफल हुनुको साथै साउथ चाइना सी, तिब्बत र ताइवानको मानव अधिकारको बारेमा समेत वक्तव्य जारी भएको थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले त चीनलाई विश्वको सुरक्षा र समृद्धिको लागि यो युगकै सबैभन्दा ठुलो चुनौती भएको प्रतिक्रिया दिएका थिए । यसको चीनमा ठुलो  विरोध समेत भएको छ । बेलायतमा रहेको चिनियां दूतावासले समेत यसमा विज्ञप्ति नै जारी गरेको आपत्ति जनाइसकेको छ ।

उनिहरुले सम्मेलनमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सेकीलाई समेत बोलाएका थिए । रुसका साथै चीनमाथि आर्थिक दबाव बढाउने र ताइवान प्रकरणमा समेत पश्चिमा मुलुकहरुले कडा नीति लागु गर्ने तयारी गरेका छन् ।

पश्चिमा मुलुकहरु चीनसंग व्यापारमा प्रतिस्पर्धा गरेपनि मानवअधिकारको विषयमा भने चीनको आलोचना गर्दै आएका छ्न । तर, चीनले पनि पश्चिमा देशमाथि प्रतिबन्धको हतियार पछिल्ला दिनहरुमा बढाइरहेको छ ।

अमेरिकाले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम तैनाथ गरेदेखि नै चीनले कोरियामाथि कडा कदम उठाइरहेको छ । त्यसका साथै लिथुआनियाले ताइवाना दूतावास खोल्ने निर्णयले पनि उसले प्रतिबन्धको सामना गरिरहेको छ । यसभन्दा पहिला अष्ट्रेलियाले समेत प्रतिबन्धको सामना गरेको थियो ।

जी सेभनको बैठकले चीनको आन्तरिक मामिलामा हस्तक्षेप मात्र गरेको छैन् युक्रेनमा जारी आक्रमण गर्न चीनले रुसलाई दबाब दिनुपर्ने निष्कर्श समेत निकालेको छ । उसले तिब्बत र सिन्जियाङको सुदुर पश्चिम क्षेत्रमा मानवअधिकार उल्लंघन भएको आरोप लगाएको छ । जी सेभेनले अमेरिकाको बाटोलाई नै समातेको छ । अमेरिकाले चीनको सम्बन्धनमा अख्तियार गर्ने डिकप्लिंग नीतिलाई नै बैठकले अनुसरण गरेको चीनको आरोप छ ।

चीनले जी सेभन सम्मेलनमा भएको छलफल र निर्णयको कडा शब्दमा विरोध गरेको छ । वेइजिङले यसलाई एंटी चाइना सम्मेलन बताएको छ । यसमा ग्लोबल टाइम्सले सम्पादकिय नै लेखेर विरोध जनाइसकेको छ । त्यसका साथै परराष्ट्रमन्त्रालयले समेत यसको कडा शब्दमा विरोध जनाएको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जी सेभेनको दृष्ट्रिकोणमा कुनै अन्र्तराष्ट्रिय विश्वसनीयता नभएको टिप्पणी गरेको छ । विज्ञप्तिमा यो सम्मेलन चीनलाई बदनाम र आक्रमण गर्न मात्र गरिएको भन्दै चीनभन्दा राम्रो गरेर देखाउन चुनौंती दिइएको छ ।

उसले जी सेभेनका निर्णयले क्षेत्रीय स्थिरता कमजोर पार्न भुमिका खेलेको र विकासमा बाधा पुगेको आरोप लगाएको छ । जी सेभेनले भनेजस्तो शान्तिपूर्ण,स्थिर र समृद्ध विश्वतर्फ अघि बढ्न उसको कुनै भूमिका नरहेको चिनियां विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल टाइम्सले पनि अमेरिका चीनविरोधी षडयन्त्रमा लागेको आरोप लगाएको छ । उसले यसलाई चीनविरोधी सम्मेलनको आरोप लगाउंदै भनेको छ  ‘जी सेभेन एन्टी चीन वर्कसप हो । यसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप मात्र गरेको छैन । यसबाट दुवै समुहको संघर्षको लागि उक्साएको समेत छ ।

चीनले यसपटक जी सेभेनलाई लिएर कडा शब्दमा विरोध गर्नुको साथै एउटा अलग गठबन्धन बनाउने कोशिस समेत गरेको छ । जी सेभेनको सम्मेलन जारी रहेको बेला चीनले पूर्वी एशियाका मुलुकहरुको बैठक पहिलो पटक चीनमै आयोजना गरेर त्यसलाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement