काठमाण्डु – भारतको राजधानी नयाँदिल्लीमा हुने जी २० समिटका लागि ३ दिन विद्यालय बन्द गरिने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सेप्टेम्बर ८, ९ र १० का दिन विद्यालय बन्दको घोषणा गरिएको छ । दिल्लीमा समिटको तयारी भइरहेको छ ।
ती ३ दिन दिल्ली सरकार र एमसीडीका सबै कार्यालय समेत बन्द हुनेछन् । यातायात सञ्चालनमा समेत कडाइ गरिने दिल्ली पुलिसले जनाएको छ । तर मेट्रो यातायातमा कुनै रोकतोक हुने छैन ।
बैंक तथा वित्तीय संस्था समेत बन्द हुने भएका छन् । तोकिएका क्षेत्रमा व्यावसायिक पसलहरू पनि बन्द रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतसहित जी २० समिटमा अर्टेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, साउथ अफ्रिका, टर्की, यूके, अमेरिका र युरोपियन युनियनका प्रतिनिधि सहभागी हुनेछन् । समिटको अध्यक्षता भारतले गर्दैछ ।




प्रतिक्रिया