काठमाण्डु-मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको अवस्थामा जी–७का रक्षामन्त्रीहरूले छलफल शुरू गरेका छन् । जी–७ राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटलीको नेपल्समा रक्षामन्त्रीस्तरीय पहिलो बैठक सुरु भएको हो ।
इटलीका रक्षामन्त्री गुइडो क्रोसेट्टोले अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई ख्याल गरेर शिखर सम्मेलनका लागि अनुरोध गरेको बताउँदै सम्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्वबारे छलफल गर्न पर्याप्त स्थान दिइने बताएका छन् ।
युक्रेनको युद्ध, अफ्रिकाको विकास र सुरक्षा तथा एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि जी–७ रक्षा सम्मेलनको एजेन्डामा रहेको छ ।
इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा गरेको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारिएको घोषणा गरेको दुई दिनपछि यो सम्मेलज हुन लागेको हो ।
रुसी सेनाहरू युक्रेनको राजधानी किभ प्रवेश गर्न सक्ने र अमेरिकामा अर्को महिना हुने चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाबारे पनि बैठकमा सम्मेलनमा भइरहेको छ ।




प्रतिक्रिया