गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  २०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

अमेरिकन सहयोगमा पुर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयाेजनार्थ खुला गरिन लागिएकाे हाे । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ ।

हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घा‍टन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुर्निर्माणकाे कार्य जारी छ ।