ललितपुर – ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती–३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका–३ बुलाका वडासदस्यका उम्मेदवार नारायण भोम्जनको गाडी तोडफोड भएको हो ।
कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे । उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।’
खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने, ‘साँझ ७ बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्थामा भेट्टियो ।’
निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए । उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको बताए ।
कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।




प्रतिक्रिया