दशैँको लागि घर जादै हुनुहुन्छ ? यस्ताे छ भाडादर

दशैँको लागि घर जादै हुनुहुन्छ ? यस्ताे छ भाडादर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यातायात व्यवस्था विभागले दशैँका लागि लामो दुरिमा चल्ने सवारी साधनमा असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्दै छ ।

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाण्डु र यातायात व्यवसायीको बिहीबार बसेकोे बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

सम्बन्धित टिकट काउन्टरमा पुगेर टिकट लिन सकिन्छ भने अनलाइनमार्फत पनि टिकट बुकिङ गर्न सकिन्छ । त्यसैगरी देशभरका मुख्य रुटमा चल्ने सवारी साधनको भाडासमेत सार्वजनिक भएको छ ।