मंगलबारदेखि काठमाण्डु उपत्यकामा गाडी नचलाउने यातायात व्यवसायीको घोषणा


काठमाण्डु – काठमाण्डु उपत्यकामा भोलि (मंगलबार)देखि यातायात मजदुरले अनिश्चितकालका लागि सार्वजनिक यातायात ठप्प पार्ने भएका छन् ।

काठमाण्डु उपत्यकाका श्रमिक संगठनले यातायात श्रमिक, यातायात व्यवसायी र स्वरोजगार व्यवसायीलाई यातायात सञ्चालन नगर्न मजदुर संगठनले संयुक्त रूपमा आव्हान गरेका हुन् ।

उपत्यका बाहिर भने अर्को निर्णय नभएसम्म सञ्चालन नगर्ने विज्ञप्तिमा उल्लेख छ । आम सर्वसाधारण तथा यात्रु वर्गमा पर्न गएको असुविधाप्रति क्षमा चाहेको विज्ञप्तिमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement