काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् ।
उनी बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशक्षिण दिने भएका हुन् ।
बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले प्रशिक्षण दिने छन् ।
संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे दलको बैठकमा सभापति गगन थापाले सांसदहरूलाई फेसिलिटेट गर्ने दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया