कांग्रेस महामन्त्री गगनको व्यंग्य : दाइले टिकट भाउजूलाई दिन्छन् !


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनबाट पार्टीमा रहेको ‘दाइ–भाउजू’ प्रवृत्ति अन्त्य गर्ने उद्घोष गरेका छन् ।

आज शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको नेपाल महिला संघको तीज कार्यक्रममा उनले कांग्रेसमा सुधार हुनुपर्ने बताए ।

आगामी महाधिवेशनबाट टिकट बाँड्ने अधिकार दाइलाई नदिने उनले बताए । दाइलाई टिकट बाँड्ने अधिकार दिँदा दाइले भाउजूलाई टिकट दिने भन्दै उनले पार्टीमा विकृति बढेको बताए ।

महामन्त्री थापाले भने, ‘टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ । दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ । दाइवाला यो परिपाटी हामीले १५औं महाधिवेशनबाट बदल्नुपर्छ ।’

यसअघिका कार्यक्रममा पनि महामन्त्री थापाले पार्टीभित्रका दाइ–भाउजूप्रति व्यंग्य गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement