देवेन्द्रराज पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो : गगन थापा

देवेन्द्रराज पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व गुमायो : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधनसँगै राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदारलाई गुमाएको बताएका छन् ।

नागरिक अगुवा पाण्डेको निधन भएकामा गहिरो दु:ख व्यक्त गर्दै सभापति थापाले जारी गरेको शोकसन्देशमा नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा पाण्डेले जीवनभर निर्भीकतापूर्वक निर्वाह गरेको योगदानको स्मरण गरे ।

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उनले देशको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको सभापति थापाले सन्देशमा उल्लेख गरे ।

डा. पाण्डेको शुक्रबार साँझ निधन भएको थियो ।