कांग्रेसमा टिकट दिने व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा


पोखरा – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले चुनावको टिकट वितरण गर्ने प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

आज बुधबार पोखरा महानगर सम्मेलनलाई सम्बोधन गर्दै थापाले जुन तहको निर्वाचन हो, सोही तहले टिकटको निर्णय गर्न पाउनुपर्ने बताए ।

उनले भने, ‘टिकट दिने व्यवस्था बदल्नुपर्छ । सभापति र नेताहरूको घरघर धाउनुपर्दैन, जुन तहको निर्वाचन हो, त्यही तहले टिकट दिन्छ ।’

महामन्त्री थापाले पार्टीको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै हुने बताए । ‘पार्टी महाधिवेशन २०८२ मंसिर महिनाभन्दा उता जाँदैन, जान दिइन्न । २०८२ सालमा ४ वर्ष पुग्छ, हामीहरू सबै मिलेर अधिवेशन गर्ने हो,’ उनले भने ।

२०८३ सालमा देशैभर सम्मेलन गरिने उनले बताए । ‘वडा, क्षेत्रीय लगायत सम्मेलन २०८३ सालमा गर्छौं,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement