कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले राखे प्रगति विवरण


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको प्रगति विवरण प्रस्तुत गरेका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महामन्त्री थापाले प्रगति विवरण प्रस्तुत गरेका छन् ।

महामन्त्री थापाले अघिल्लो बैठकमा गरेका निर्णयहरू कार्यान्वयनको अवस्थासहित आगामी कार्ययोजनाबारे बैठकलाई जानकारी गराएका छन् । यसअघिको बैठकले भदौ १५ गतेभित्र विभाग बनाउने निर्णय गरेकोमा अहिलेसम्म १६ विभाग बनेका र ५४ विभाग बन्न बाँकी रहेको उनले जानकारी दिए ।

गठन भएका १६ विभागमध्ये प्रचार विभाग मात्र विस्तार भएको र अन्य विभागको विस्तार बाँकी रहेको उनले बताए । नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिहरू विभिन्न जिल्लामा गएकाले सबैका प्रतिवेदन आइसकेका उनले बताए ।

सबै प्रतिवेदन राखेर प्रदेशगत छलफल गर्ने तयारी रहेको बताउँदै उनले आवश्यक सुझावका लागि तयार हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement