महामन्त्री थापाको प्रस्ताव : कांग्रेसका मन्त्रीलाई फिर्ता बोलाऔं


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।

आईतबार कांग्रेस रूपान्तरण अभियानले काठमाण्डुमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्दा समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिनुपर्ने बताए ।

‘म त के प्रस्ताव गर्छु भने यो दुई–अढाई वर्ष उहाँहरूले सरकार बनाउने कुरा छ । पहिला प्रचण्ड र त्यसपछि माधव नेपाल, एउटै मोर्चा छ, पार्टी एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ भने कांग्रेसका सबै मन्त्री फिर्ता बोलाऔं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement