मौका पर्दा मूर्ति चोर्नेले सनातन धर्मको रक्षा गर्दैन, धर्मरक्षा कांग्रेसले गर्छ : महामन्त्री थापा

मौका पर्दा मूर्ति चोर्नेले सनातन धर्मको रक्षा गर्दैन, धर्मरक्षा कांग्रेसले गर्छ : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मौका पर्दा मूर्ति चोर्नेहरूले धर्मको रक्षा गर्न नसक्ने टिप्पणी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनले राजतन्त्र चाहिएको भए मैदानमा आएर भिड्न चेतावनी दिए ।

गुल्मीमा आयोजित पार्टीको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मौका पर्दा मन्दिरका मूर्ति चोर्नेले सनातन धर्मको रक्षा गर्दैन, सनातन धर्म, संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम छ ।’

पूर्व राजा ज्ञानेन्द्रलाई च्याँखे दाउमा नभएर सिधै खालमा आउन उनले आग्रह गरे । ‘नेपालको राजतन्त्र हामीले फालेको होइन, आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरू काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यही राजा होइन ?’ उनले भने, ‘राजालाई पनि म भन्न चाहन्छु – महाराज च्याँखे दाउमा होइन, सिधै खालमा आऊ । बकाइदा भिड्न तयार छ कांग्रेस । दल खोल, चुनाव लडेर दुईतिहाइ ल्याऊ । संविधान परिवर्तन गर ।’