काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकार पक्षको भएकाले कांग्रेसले देश संकटमा छ भन्न नमिल्ने बताएका छन् ।
पूर्व कर्मचारी समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म सरकार पक्षको हुँ, सरकारको शुभेच्छुक हुँ । मैले मत हालेको हो । मैले विरोध गर्दैगर्दा त्यसले विशेष अर्थ राख्छ ।’
उनले राष्ट्रिय सभामा संविधानले परिकल्पना गरेकोभन्दा बाहिरको व्यक्तिहरू ल्याइरहेको बताए ।
‘अहिले हामी राष्ट्रिय सभाको निर्वाचनको छलफलमा छौं । हाम्रो पार्टीको विधानअनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ, म नजिकबाट नियालिरहेको छ । राष्ट्रिय सभामा संविधानले ख्याति प्राप्त कुनै क्षेत्रमा रहेर काम गरेको मानिसहरू त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ । अहिले त्यो बहसमा पनि नआउने अवस्था बनेको छ । दलहरूबीच छलफल हुँदै गर्दा दलभित्रको निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदा आफैं हराउँदैछ । पार्टीको वैधानिक संरचनामै यो देखिन्छ,’ उनले भने ।




प्रतिक्रिया