कांग्रेस महामन्त्री थापाले झापादेखि कञ्चनपुरसम्म ‘संवाद यात्रा’ गर्ने

कांग्रेस महामन्त्री थापाले झापादेखि कञ्चनपुरसम्म ‘संवाद यात्रा’ गर्ने


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा झापादेखि कञ्चनपुरसम्म ‘संवाद यात्रा’ गर्ने भएका छन् ।

उनले माघ १३ देखि २६ गतेसम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्ने जनाएका छन् ।

यात्रा माघ १३ गते झापाको छोटी भन्सारबाट सुरु हुनेछ । सामाजिक सञ्जालमार्फत उनले संवाद यात्राबारे जानकारी दिएका छन् ।

संवाद यात्रामा छलफल, भेटघाट र अवलोकन गरिने महामन्त्री थापाले जनाएका छन् ।