अर्कोपटक निर्वाचन जित्न कांग्रेसले काम गरेर देखाउनुपर्छ : महामन्त्री थापा

अर्कोपटक निर्वाचन जित्न कांग्रेसले काम गरेर देखाउनुपर्छ : महामन्त्री थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्कोपटक निर्वाचन जित्न काम गरेर देखाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाण्डुमा नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले आयोजना गरेको कार्यक्रममा उनले कामका आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताए ।

अधिकांश स्थानीय, प्रदेश र केन्द्र सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने उनको तर्क छ ।

‘आउँदो निर्वाचनमा कांग्रेसले घोषणापत्र नभई ५ वर्षमा गरेका कामको नतिजा लिएर जानुपर्छ,’ उनले भने ।

संघीयता कार्यान्वयन गर्न आवश्यक कानून नबनाएर कार्यविधि मात्र बनाइएकाले काम गर्न अप्ठ्यारो देखिएको उनले बताए ।