राजाहरूको महत्त्वाकांक्षाले ३० वर्ष र माओवादी हिंसाले १० वर्ष खेर गयो : महामन्त्री थापा

राजाहरूको महत्त्वाकांक्षाले ३० वर्ष र माओवादी हिंसाले १० वर्ष खेर गयो : महामन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २००७ सालमा प्रजातन्त्र आएपछि राजाहरूको महत्त्वाकांक्षा र माओवादी हिंसाले १० वर्ष खेर गएको बताएका छन् ।

बुधबार पाल्पामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका राजाहरूको महत्त्वाकांक्षाले हाम्रो ३० वर्ष खेर गयो । २००७ सालको आन्दोलनपछि प्राप्त गरेको एउटा शृंखला टुट्यो । त्यसपछि माओवादी अनावश्यक जनयुद्धको नाममा हिंसा थोपरिदियो । त्यसकारणले नेपालको अर्को १०औं वर्ष खेर गयो ।’

पञ्चायतकालमा एउटा नेपाली पुस्ता खेर गएको र त्यसपछि माओवादी द्वन्द्वका कारण थप अर्को पुस्ता खेर गएको उनको आरोप छ ।

उनले भने, ‘२०५० देखि २०६० सम्मको १० वर्ष हिंसामा गयो । २०७० देखि २०८० सम्मको १० वर्ष संविधान बनाउन र कार्यान्वयन गर्नमा गयो । ३० वर्ष गयो । पहिलो ३० वर्ष पञ्चायतमा गयो । पछिल्लो ३० वर्ष अनावश्यक युद्ध, युद्धले थोपरेको फोहोर सोहोर्ने क्रममा हाम्रो ३० वर्ष गयो ।’

मुलुकमा संविधान, राजनीतिक अधिकार, सामाजिक अधिकार, सांस्कृतिक अधिकार रहेको बताउँदै उनले ५/५ वर्षमा चुनाव हुने राम्रो, अमनचयन सहितको शान्ति स्थिति रहेको बताए । उनले भने, ‘यसो हेर्‍यो भने ठीकठाक छ ।’

सबै ठिकठाक भएपछि अझ फेरि अर्को विवाद सुरु हुन थालेको उनले बताए । ‘सुरु के भएको छ भने एउटा ठूलो रुवाबासी सुरु भएको छ । देश गयो, सक्यो, बिग्रियो, भत्कियो । अब केही नयाँ कुरा चाहियो भनेर छलफल सुरु भएको छ,’ उनले भने ।