महामन्त्री थापाको खुलासा : संविधान संशोधनका लागि २–३ दिनमा राजनीतिक संयन्त्र बन्छ

महामन्त्री थापाको खुलासा : संविधान संशोधनका लागि २–३ दिनमा राजनीतिक संयन्त्र बन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २–३ दिनमा संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बन्ने खुलासा गरेका छन् ।

नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनले नेपालगञ्जमा आयोजना गरेको ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संयन्त्र बनेपछि संविधानको संशोधन गर्नुपर्ने विषयबारे छलफल गरिने बताए ।

सुरुमा कांग्रेस र एमालेबीच छलफल भए पनि सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गरेर अगाडि बढ्ने उनले बताए । निर्वाचन प्रणाली, संघ, प्रदेश र स्थानीय तहको अधिकारको विषय, सुशासन कायम गर्ने कुरा, एक व्यक्ति २ पटक मात्रै प्रधानमन्त्री हुने विषय संशोधनको विषय बन्न सक्ने बताए ।

संविधान कार्यान्वयनसँग जोडिएका ४० भन्दा बढी कानून बनाउनुपर्ने र त्यति नै संख्यामा खारेजी गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकतामा राखेको उनले बताए ।