काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेताहरूमाथि गरिएको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको भन्दै आपत्ति जनाएका छन् ।
काठमाण्डुमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्ने र पार्टीलाई बृहत् एकताबद्ध बनाउन लाग्ने बताएका छन् ।
उनले कांग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै कोतपर्व जस्तै अनुशासन पर्व चलाइनु गलत भएको टिप्पणी गरे । उनले कारबाही समय, पार्टीको परम्परा, पार्टीको कानून, विधानका हिसाबले पनि सही नभएको बताएका छन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई सहयोग नगरेको भन्दै केही नेताहरूमाथि कारवाही गरिएपछि यतिबेला कांग्रेसमा विवाद चर्किएको छ ।




प्रतिक्रिया