काठमाण्डु– नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर उभिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आ–आफ्ना मत–मतान्तर भएपनि भारत र चीनले गरेको सहमतीप्रति घरेलु राजनीतिकको विषय नबनाई एकै ठाउँमा उभिन आग्रह गरेका हुन् ।
उनले भने, ‘विषयमा नेपालमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ । हिजोपनि उभिएका थियौ आज पनि उभिनुपर्छ । म नेपाली काग्रेस पार्टीको तर्फबाट आग्रह गर्न चाहन्छु,’ सांसद थापाले भने, ‘हाम्रा आफ्ना मतमतान्तर आफ्ना ठाउँमा छन् । प्रतिस्पर्धा आफ्ना ठाउँमा छन् । हामी कसैले पनि यस विषयलाई घरेलु राजनीतिकको विषय नबनाऔँ ।’
उनले दुई छिमेकीहरुले गरेको सम्झौताप्रति नेपाली कांग्रेस असहमत रहेको भन्दै त्यसप्रति आपत्तिजनक रहेको पनि बताए ।
‘हाम्रा दुई छिमेकीहरु भारत र चीनले भूमिको बारेमा हाम्रो अनुपस्थितीमा एउटा निर्यण गरेछ । सम्झौता गरेकामा पढ्यौ, सुन्यौ । कांग्रेस पार्टी दुई छिमेकीहरुको व्यवहारप्रति असहमती छ । यो आपत्तीजनक छ । अस्विकार्य छ,’ उनले भने ।
थापाले नेपाल सरकारले यस सन्दर्भमा लिएको पहलकदमीले सबैलाई समेटेर अगाडि बढाउनुपर्ने पनि बताए ।
महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुनेमा थापाको जोड छ ।
आफूहरू एउटै गाडीमा सवार भएको भन्दै उनले ड्राइभिङ सिटमा दुई नेताहरू (प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा) रहेको बताए । उनीहरूले यो गाडी ठिक गतिमा चलाउन पनि आग्रह गरे ।
‘हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ । अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी चलाइरहनुभएको छ । यो गाडी ठिक गतीमा जाओस् । अलमल नहोस्, ढलमल नहोस् । दुर्घटना नहोस्,’ उनले भने ।




प्रतिक्रिया