गगन थापाको दाबी : वर्तमान सभापतिकै हस्ताक्षरमा कांग्रेस चुनाव लड्ने होइन

गगन थापाको दाबी : वर्तमान सभापतिकै हस्ताक्षरमा कांग्रेस चुनाव लड्ने होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचन पार्टीको टिकट वितरण वर्तमान सभापतिको हस्ताक्षरमा नहुने दाबी गरेका छन् ।

बुधबार बिहानदेखि धेरै नेताहरूले सोधिरहेको प्रश्नमा उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी अब नयाँ नेतृत्वको हस्ताक्षरमा चुनावमा जाने दाबी गरे ।

कांग्रेस विधान बमोजिम विशेष महाधिवेशन अब अपरिहार्य बनेको बताउँदै उनले महाधिवेशनबाट नयाँ सभापति चयन हुने र सोही सभापतिको हस्ताक्षरमा निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सहितका काम अघि बढ्ने बताए ।

उनले लेखेका छन्, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

कांग्रेसभित्र हाल नेतृत्व परिवर्तन, महाधिवेशनको समय निर्धारण र आगामी प्रतिनिधिसभा निर्वाचनमा जाने विषयमा चर्काे बहस चलिरहेको छ ।