दलको बैठकमा गगन थापाले भने- महरा र उनका छोरामाथि पनि छानबिन हुनुपर्छ

दलको बैठकमा गगन थापाले भने- महरा र उनका छोरामाथि पनि छानबिन हुनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै महामन्त्री थापाले सबै काण्डहरुको फाइल खोल्नुपर्ने बताएका हुन् ।

उनले सुन तस्करीमा राजनीतिक नेतृत्वको संलग्नता भएको दाबी गरे । त्यस्तै महामन्त्री थापाले प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा नाम जोडिएका माओवादीका नेताहरूमाथि छानबिन नगरेकोप्रति आशंका व्यक्ति गरेका छन् । माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने उनको माग छ ।

‘यो तस्करी सानो मान्छले गर्नसक्ने कुरा होइन । सीआईबीले सत्यतथ्य छानबिन गरेर बाहिर ल्याउनुपर्छ । महराका बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ । सीआईबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानबिन गर्ने आँटसमेत गरेको छैन ।’, महामन्त्री थापाले भने ।