कांग्रेसले ५ मापदण्डको आधारमा गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनायो

कांग्रेसले ५ मापदण्डको आधारमा गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए ।

व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनलाई हेरेर थापालाई प्रधानमन्त्रीको उम्मेदवार तय गरिएको हो ।

सभापति थापा आगामी चुनावमा सर्लाहीबाट चुनाव लड्दै छन्।