अबको ५ वर्ष नेपालको स्वर्णीम काल बनाउँछौँ : गगन थापा

अबको ५ वर्ष नेपालको स्वर्णीम काल बनाउँछौँ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस सभापति गगन थापाले अबको ५ वर्ष नेपाललाई स्वर्णिम युग बनाउने बताएका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गगनले आगामी ५ वर्ष परिवर्तनको वर्ष बनाउने वाचा गरेका हुन् ।

उनले भने ‘२०८२ देखि २०८७ सम्मको अबको पाँच वर्ष नेपालको स्वर्णीम काल बनाउँछौँ,पेटमा भोक छ, आँखामा सपना छ। उड्न चाहन्छौँ र जमीन छोडेका छैनौँ।’ सबै नागरिकले पेटभरी खान पाउनु, कसैले उपचार गर्दा एक रुपैयाँ तिर्न नपरोस्, कसैले पढ्दा एक रुपैयाँ तिर्नु नपरोस्, यही सपना हो,’ थापाले भने।

यस्तै थापाले संविधानलाई ट्र्याकमा ल्याउनको लागि चुनावको विकल्प नभएको बताए।

उनले भने, ‘चुनावका बारेमा केही संशयहरू सिर्जना गर्न खोजिएको छ, ती संशयलाई चिर्दै समयमै निर्वाचन सम्पन्न गराउनेको लागि सरकारलाई सम्पूर्ण साथ दिँदै सफल बनाएर संविधानलाई ट्र्याकमा ल्याउने प्रतिबद्धताबाट एक इन्चबाट पनि तलमाथि गर्दैनौँ।’

थापाले केही शक्तिहरूले भदौ २३ र २४ मा भएका घटनालाई इन्कार गर्ने प्रवृत्ति देखिएको आरोप लगाए । ती घटनाअघि सबै कुरा सामान्य थियो भन्ने तर्क गलत भएको उनको जिकिर थियो ।

उनले भने, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै व्यक्तिको ज्यान जानु हुँदैन । यो देशमा कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनु हुन्न । यो अवस्था सिर्जना गर्नुपर्नेछ । त्यसको लागि चुनावमा जाँदै गर्दा भाद्र २३ र २४ लाई हामीले हेर्नैपर्छ । एउटा परवृत्ति छ भाद्र २३ र २४ गते जे भयो त्यसलाई उसले इन्कार गर्छ । २३ र २४ गते अगाडि सबैले दुधभात खाएका थिए देश ठिक थियो । नेपाली कांग्रेस भिन्न सोचका साथ उभिएको छ ।’