किन पुगे निर्वाचन आयोग कांग्रेसका दुई महामन्त्री ?

किन पुगे निर्वाचन आयोग कांग्रेसका दुई महामन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् । मंगलबार महामन्त्रीद्वय थापा र शर्माले आयोगका पदाधिकारीहरुलाई भेटेर विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेका हुन्।

उनीहरुले आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका छन् । ‘निर्वाचन नै नहुने कतिपय देशमा नेपालीलाई मतदानको अधिकार दिन त्यहाँको कानुनले अप्ठेरो पार्ला, तर जुन जुन देशबाट सम्भव छ त्यहाँ अहिले नै सुरुवात गर्नुपर्छ,’ थापाले भने, ‘यस विषयमा सर्वोच्च अदालतले परमादेश नै दिइसकेको छ । राजनीतिक दलहरूबीच पनि पटक-पटक छलफल भएको छ । कांग्रेसले पनि यो विषयलाई पहिलेदेखि नै उठाएको छ ।’

त्यसअघि महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिसकेका छन् । देउवाले पनि यसमा सकारात्मक जवाफ दिँदै कानुन निर्माणमा अग्रसरता देखाउने आश्वासन दिएका थिए । आयोगका पदाधिकारीहरुले पनि सर्वोच्च अदालतको आदेशअनुसार कानुनको मस्यौदा केही दिनमै सरकारलाई दिने दावी गरेका छन् ।