रास्वपामा गगनको क्रेज, कार्यकर्ताले गरे हुटिङ

रास्वपामा गगनको क्रेज, कार्यकर्ताले गरे हुटिङ


चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उदघाटन स्थलमा काँग्रेस सभापति गगनकुमार थापा पुग्दा ‘हुटिङ’ भएको छ ।

थापा पुग्दा रास्वपा कार्यकर्ताले स्वागतमा सिठी बजाएर ‘हुटिङ’ गरेका हुन् । थापालाई रास्वपा प्रवक्ता मनिष झाले स्वागत गरे । रास्वपा प्रवेश गर्नुअघि झा काँग्रेसमा गगन टिममा थिए ।

चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरु महाधिवेशन उदघाटन समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काँग्रेसबाट सभापति थापा, एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली, नेकपाबाट नेता वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी भएका छन् ।