पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न गगन पक्षलाई पूर्णबहादुर खड्काकाे चेतावनी (विज्ञप्तिसहित)

पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न गगन पक्षलाई पूर्णबहादुर खड्काकाे चेतावनी (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा भ्रममा नपर्न आग्रह गरेका छन् ।

सोमबार एक वक्तव्य निकाल्दै उनले पार्टी महाधिवेशनले वैधानिक व्यवस्था गरेको अवस्थामा बाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता कसैले खारेज गर्न नसक्ने बताएका हुन् ।

‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन,’ उनले भनेका छन् ।

मुलुकको विषम राजनीतिक परिस्थितिमा पार्टीभित्र बृहत् एकता खोज्नुको सट्टा पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न खड्काले गगन पक्षलाई चेतावनी दिएका छन् ।

पार्टीभित्र र बाहिर देखिएका विभिन्न उतारचढावका बाबजद संयम, धैर्य र अविचलित भएर विधानले निर्धारण गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिका भित्र नै नवीकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेकालाई समेत उचित अवसर दिएर १५ औं महाधिवेशन सम्पन्न गरिने खड्काको भनाइ छ ।