काठमाण्डु नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यता भएको बताएका छन् । शनिबार कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा उनले नेपाली कांग्रेसले चुनावमा गठबन्धन नगरे अन्य दलले गर्ने बताएका हुन् ।
चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि चुनावअघि नै तालमेल गर्ने पार्टीको निर्णय भएकाले मान्नुपर्ने महामन्त्री थापाको भनाइ छ ।
‘चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक हो । तर हामीले तालमेल गर्न हुँदैन भनेर के गर्ने अर्कोले गरिदिहाल्छन् । निर्वाचनअघि तालमेल नगरेपछि हाम्रो स्थिति के हुन्छ ? २०७४ सालमा भोगेर आइसक्यौं ।’, उनले भने ।
उनले चुनावी तालमेल गरिसके पछि एकले अर्काको विरोध नगर्नु पर्ने बताएका छन् । निर्वाचनअघि तालमेल गर्दा दलहरुबीच न्यूनतम विषयमा भने साझा धारणा हुनुपर्ने महामन्त्री थापाले दावी गरे ।
‘तालमेल गरेर एक ठाउँमा बसेको छ, प्रत्येक विषयमा चाहे विदेश नीतिको विषय आयो भने एउटाले अर्कोलाई दलाल भन्ने । दलाल पनि भनेको छ सँगै पनि बसेको छ’ उनले भने । न्यूनतम कुरा पनि मिल्दैन भने चुनाव जित्न मात्र तालमेल गर्न न हुने थापाको भनाइ छ ।




प्रतिक्रिया