काठमाण्डु – नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट चुनाव लड्ने भएका छन् । थापाको नाम काठमाण्डौं ४ र सर्लाही ४ बाट सिफारिस भएको थियो । थापा यसअघि काठमाण्डौं ४ बाट निर्वाचित भएका थिए । थापाले काठमाण्डौं ४ बाट असुरक्षित महसुस गरेपछि सर्लाही झर्न लागेका हुन् ।
पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छोडेको भएपनि अन्तिममा उनले सर्लाही ४ रोजेका हुन् । एमालेबाट काठमाण्डौं ४ मा नेता राजन भट्टराई चुनाव लड्न लागेका छन् ।
सर्लाही ४ बाट कांग्रेस नेता अमरेश कुमार सिंह निर्वाचित सांसद हुन् । सिंहलाई रोक्न छिमेकी शक्तिकेन्द्र लागेको चर्चा समेत कांग्रेस वृतमा छ । उनको नाम सिफारिस हुनबाट यसअघि रोकिएको थियो । सिंह समेत नेता शेखर कोइराला पक्षका हुन् ।




प्रतिक्रिया