१० वर्षपछि युवालाई ठाउँ दिने गगन थापाको प्रतिवद्धता

१० वर्षपछि युवालाई ठाउँ दिने गगन थापाको प्रतिवद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको १० वर्षपछि युवालाई ठाउँ दिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै नेता थापाले अबको १० वर्षपछि नयाँ युवा पुस्तालाई ठाउँ दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाण्डु ४ बाट उम्मेदवारी दिएका उनले १० वर्षपछि मोबाइल अफ गरेर आफ्नो बाटो लाग्ने बताएका छन् ।

उनले भनेका छन्, ‘त्यतिबेलासम्म यति खतरा नयाँ मान्छे आइसकेका हुन्छन् । हुनैपर्छ । उनीहरुले हामीले भन्दा राम्रो गर्नैपर्यो । हामीलाई भने बुढाहरुले रोकिरहेका छन् । गर्न दिएनन् तर हामीले हात उठाएर हिँडेका छैनौँ काम गरिरहेका छौँ ।’