संसदीय दलको निर्वाचनमा केन्द्रित छु: गगन थापा

संसदीय दलको निर्वाचनमा केन्द्रित छु: गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्। प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन्।

महिला सुरक्षा दबाब समूह, नेपालले बुधबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मंसिर १५ गते शुक्रबार (भोली)सम्म आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको उल्लेख गर्दै त्यसपछि भने सम्पूर्ण रुपमै संसदीय दलको नेता चयन हुने निर्वाचनमा जुट्ने योजनामा आफू रहेको बताए।

थापाले केही दिनभित्र नयाँ मन्त्रीपरिषद बन्ने समेत बताए। उनले मन्त्रीपरिषदमा ३३ प्रतिशत महिला सहभागिता हुनेगरी कानुन निर्माण गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने आश्वासन पनि दिए। महामन्त्री थापाले सबै राजनीतिक दलहरुले प्रत्यक्षतर्फको निर्वाचनमा पनि ३३ प्रतिशत महिला अनिवार्य उम्मेदवार उठाउनुपर्ने गरी निर्वाचन कानुन संशोधन गर्ने काममा ढिलाई गर्न नहुने दोहोर्याए।

उनले भने, ‘हाम्रो कानुनमा मन्त्रिपरिषद भित्र महिलाको प्रतिनिधित्व यति हुनैपर्छ भनेर बोलेको छैन। तर संसदमा हामी ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले अब १/२ जना भन्दा बढी पुरुषहरु पर्दैनन् तर मन्त्रिपरिषदमा कानुनी व्यवस्था नभएकाले गर्दा मुस्किलले एक जना महिला समावेश हुने गरेका छन्।