काठमाण्डु- संसदीय दलको निर्वाचनमा हारेपछि गगन थापाले आफूले अपेक्षा गरे अनुसार मत नपाएको बताएका छन् ।
बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग भारी मतान्तरले हारेपछि उनले आफूले योभन्दा धेरै राम्रो मत पाउने अपेक्षा गरेको बताएका हुन् ।
त्यसैगरी उनले अगामी दिनमा पनि आफ्नो एजेण्डालाई नछोड्ने दावी गरे । ‘‘म थाक्दिनँ, निराश हुन्नँ। अरु मेहनत गर्छु। अरु लाग्छु। संसदीय दलको नेता बदलिनुपर्छ भन्ने मेरो अजेन्डाचाहिँ किन थियो, के कारणले थियो भन्नेचाहिँ थप साथीहरुको बीचमा निरन्तर लगिराख्छु।’, उनले भने ।
आज भएको चुनावमा देउवाले ६४ मत पाउँदा गगन थापाले २५ मत पाएको नेता वीरबहादुर बलायरले जानकारी दिए । थापा ३९ मतान्तरले पराजित भए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।




प्रतिक्रिया