अन्य राजनीतिक दलप्रति कुनै टिप्पणी गर्नुपर्दैनः गगन थापा

अन्य राजनीतिक दलप्रति कुनै टिप्पणी गर्नुपर्दैनः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले काम गरेर देखाउने बताएका छन् ।

सोमबार ललितपुरमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा थापाले कांग्रेसले काम गरेर देखाउनुपर्ने बेला आएको र अन्य राजनीतिक दलप्रति कुनै टिप्पणी नगर्न आग्रह गरेका हुन् ।

‘कांग्रेसले काम गरेर देखाउने हो। हाम्रा कांग्रेसका मन्त्रीहरुले काम गरेर देखाउने हो। म त अरु राजनीतिक दलको कमेन्टनै नगरौं भन्छु। हामी जनताको सुःख दुःखमा लाग्ने हो। कांग्रेस देख्ना साथ ओज देखियोस्। यतिधेरै नागरिकको भरोसा छ हेर्नुस्। हामीले केहि कुरा सच्याउनु पर्नेछ।’, उनले भने ।

त्यस्तै उनले नयाँ आएका पार्टीबारे चिन्ता गर्न जरुरी नरहेको बताएका छन् ।