आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न गगन थापाकाे आग्रह

आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न गगन थापाकाे आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाका सदस्यसमेत रहेका थापाले संसद्‍बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरेका हुन् ।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्। सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा आग्रह गरेका छन् ।

380197412_1307749309925843_3316541011960606876_n