गठबन्धन सरकारबाट जनताले डेलिभरी पाउन सकेनन्ः गगन थापा

गठबन्धन सरकारबाट जनताले डेलिभरी पाउन सकेनन्ः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारबाट जनताले डेलिभरी पाउन नसकेको बताएका छन् । मंगलवार मेची-महाकाली संवाद यात्राका क्रममा पश्चिम नवलपरासी पुगेका महामन्त्री थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बताएका हुन् ।
सरकारको कामबाट जनता असन्तुष्ट बनेका उनको भनाइ छ ।

‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन् । निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाएको छु ।’, उनले भने ।

उनले संवाद यात्राका क्रममा आमनागरिकले भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठाएको उनको भनाइ छ ।यात्राका क्रममा आयोजना सुरु भएर १०-१२ वर्षसम्म पनि पूर्णता नपाउँदा त्यसले पुर्याएको क्षति, स्वास्थ्य संस्थाहरु नचलेको, कृषि क्षेत्रका समस्या, सहकारी, लघुवित्त र वैदेशिक रोजगारीबाट ठगिएकालगायतका आमनागरिकका समस्या पाइएको महामन्त्री थापाले जानकारी दिएका छन् ।