काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ०८३ साल मंसिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन् ।
नेपाली कांग्रेस तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीको महाधिवेशन ०८३ साल मंसिर भन्दा अगाडि नै हुने बताएका हुन् ।
उनले भने ‘अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पुर्याउनु हुन्न,’ महामन्त्री थापाले भने, ‘त्यसले हाम्रो स्थानीय चुनावलाई प्रभावित गर्दछ । सकेसम्म अगाडि तान्नुपर्छ । तपाईंहरूले जति छिटो क्रियाशिल सक्याइदिनुहुन्छ, त्यति छिटो हामी अधिवेशनमा लिएर जानसक्छौँ ।’
यस्तै उनले पार्टीमा गुटबन्दी अन्त्य गर्नको लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको अधिवेशनमा के हुन्छ, १२ लाख क्रियाशील मान्छे एकै पटक जान्छ र बुथमा गएर हामी आफ्ना प्रतिनिधि छान्छौँ, त्यो छानिएको प्रतिनिधिले अर्को प्रतिनिधि छान्दै छान्दै गएर काठमाडौँमा हामी ५ हजार मान्छेको महाधिवेशन गर्छौँ। १२ लाख मान्छेलाई यदि हामी बुथमा निकाल्छौँ, उसलाई हामी अधिवेशनमा टिक लगाउन दिन्छौँ भने यत्रो प्रविधिको जमाना छ किन त्यो १२ लाख मान्छेले अप्रत्यक्ष निर्वाचन गरेर प्रतिनिधि छान्नेरु सिधै त्यो १२ लाख मान्छेले कांग्रेसको सभापति छान्ने व्यवस्था गरौँ न।’




प्रतिक्रिया