काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले पशु रोग अन्वेषणको प्रयोगशाला कोभिड–१९ को परीक्षणका लागि प्रयोगमा ल्याउनसक्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई मेन्सन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।
‘कोभिड–१९ परीक्षणको संख्या बढाउनको लागि बर्ड फ्लुमा प्रयोग गरिएको त्रिपुरेश्वर स्थित केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालामा थप केही व्यवस्थापन गरी तुरुन्त प्रयोगमा ल्याउन सक्ने रहेछ,’ थापाले भनेका छन्, ‘यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।’




प्रतिक्रिया