काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन पुस मसान्तभित्रै हुने बताएका छन् ।
शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नियमित महाधिवेशन वैशाख २८-३१ मा गर्ने प्रस्ताव बहुमतले पारित गरे पनि विशेष महाधिवेशन पुस मसान्तभित्रै गर्ने बताएका हुन् ।
शक्रुबार साँझ केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विधानको धारा १७ (२) अनुसार नै पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बताएका हुन् ।
उनले भने ‘आजको बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भएको छ । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नु भयो। हामी ४-५ जनाको फरक मत भयो तर, बहुमतले पारित भयो,’ उनले भने, ‘विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउन पर्नेछ । पुसको २८-२९ तीन महिनाको अन्तिम म्याद हो ।’
केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विशेष महाधिवेशनका विषयमा निर्णय नभएमा आफूले विशेष महाधिवेशन गर्ने थापाको भनाइ थियो।
कांग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित, केन्द्रीय कार्यसमितिको म्याद थपियो




प्रतिक्रिया