काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले प्रविधिका माध्यमबाट प्रधानमन्त्री तथा मन्त्रीहरुसँग सांसदको प्रश्नोत्तरको व्यवस्था मिलाउन माग गरेका छन् ।
बेलायतमा संसदीय समितिहरू कोरोना भाइरसको महामारीमा टाढैबाट (अनलाइन मार्फत) काम गरिरहेको तथा संसद पनि त्यसैअनुसार चलाउन आवाज उठिरहेका बेला गगनले ’भर्चुअल संसद’को माग गरेका हुन् ।
थापाले प्रविधिको प्रयोग गरेर संसद नै चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम प्रारम्भ गर्नुपर्ने धारणा राखेका छन् ।
त्यसैगरी ती समितिमार्फत सरकारले विपत्तिको मौकामा गर्न खोजेका वेथितिविरुद्ध प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको बताएका छन् ।
‘हाम्रोमा पनि प्रविधिको प्रयोग गरेर संसद चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम गर्न प्रारम्भ गर्नुपर्छ । अनि प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको छ’, थापाले ट्वीटरमा लेखेका छन् ।
. @diwagle यो विषयमा ध्यानाकर्षण गरिदिनु भएकोमा धेरै धन्यवाद!!
हाम्रोमा पनि प्रविधिको प्रयोग गरेर संसद चलाउन नसकेपनि कम्तिमा संसदीय समितिहरुले काम गर्न प्रारम्भ गर्नु पर्छ। अनि प्रधानमन्त्रीलाई सांसदले टाढै बाटै प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको छ। https://t.co/QVtm1zJvor— Gagan Thapa (@thapagk) April 6, 2020




प्रतिक्रिया