गगन थापाको समसामयिक राजनीतिक प्रस्ताव र १७ बुँदे संकल्पमा के छ ?

गगन थापाको समसामयिक राजनीतिक प्रस्ताव र १७ बुँदे संकल्पमा के छ ?


काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन् । जारी महाधिवेशनमा विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै राजनीतिक प्रस्ताव पेस गरेका हुन् ।

थापाले पेस गरेको प्रस्तावमा इतिहासमा कांग्रेसले युगान्तकारी जिम्मेवारी पूरा गरेको स्मरण गर्दै अब फेरि समयले प्रत्येक सदस्यबाट निष्ठा र उच्च नैतिक आदर्श खोजेको उल्लेख छ ।

उनले यो विशेष महाधिवेशनले कांग्रेसलाई केवल राजनीतिक दलमा मात्र सीमित नराखी लोकतन्त्रप्रति निष्ठावान् र जनताप्रति उत्तरदायी शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको दाबी गरे ।

महामन्त्री थापाले समुन्नत नेपाल निर्माणको अभियानमा नवीन ऊर्जा, उत्साह र एकतासहित अघि बढ्ने संकल्प प्रस्तावमार्फत गरेका छन् ।

उनले पार्टीलाई गतिशील बनाउँदै स्थापनाकालीन जनमुखी आदर्शमा प्रतिबद्ध रहने र रूपान्तरणसहितको समुन्नत नेपालको नेतृत्व गर्न कांग्रेस तयार हुनुपर्ने धारणा राखेका छन् ।