काठमाण्डु– नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले अबको पाँच वर्षभित्र नेपाललाई डिजिटल प्रविधि तर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै सभापति थापाले अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको समेत बताएका हुन् ।
‘अवको ५ वर्ष भित्रमा चार खर्ब आइटी तथा डिजिटल प्रविधिको निर्यात गर्न सकिने कुरा सम्भव रहेको छ । नेपालमै २ लाख भन्दा बढिलाई प्रयक्ष्य रोजगार दिन सकिन्छ,’ उनले भनेका छन् ।
‘तपाईँहरूलाई याद छ भने अघिल्लो सयरकारको पालामा अध्यादेशमार्फत सूचना प्रविधिको क्षेत्रमा केही सुधार गर्यौँ। त्यसले तत्कालै केही परिणामहरू पनि देखायो,’ थापाले भनेका छन्, ‘अहिले पनि आईटी सेक्टरमार्फत् ग्लोव स्केलका सम्भावनाहरु भित्र्याउने मेरो प्रतिवद्धता हो।’
उनले नेपालमै दुई लाख भन्दा बढिलाई प्रयक्ष रोजगार दिन सकिने बताए । कम्तीमा तीनदेखि पाँचवटा आईटी कम्पनी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने अवस्था पाँच वर्षभित्र अहिलेको हाम्रो आधार भएकाले प्रयोग गर्यो भने सुधार हुने उनले बताए ।
‘मैले केही समयअघि कीर्तिपुरको एउटा सभामा यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर युवाहरूलाई महिनाको तीन-चार लाख कमाउने बनाउन सकिन्छ भनेको थिएँ,’ थापाले भनेका छन्, ‘त्यतिबेला यो हाँसोको विषय बन्यो, निकै ट्रोल पनि भयो। तर, मैले त्यतिबेला हावादारी कुरा गरेको थिइँन। त्यो कुनै उडन्ते सपनाको कुरा पनि होइन। गर्न सकिन्छ भन्ने मेरो विश्वासको कुरा थियो।’




प्रतिक्रिया